पाटेबाघको छालासहित चार जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 28 | 06:21 pm 1980

हेटौँडा, १३ पुस :  मकवानपुरको थाहा नगरपालिकाबाट पाटेबाघको छालासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

संरक्षित जनावर पाटेबाघको छालाको किनबेच हुन लागेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले थाहा नगरपालिका–३ दोबाटोबाट अटो र मोटरसाइकलमा तस्करी हुँदै गरेको बाघको छालासहित चार जनालाई नियन्त्रणमा लिएको हो।

बिहीबार बेलुका पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

पाटेबाघको छालासहित पक्राउ पर्नेमा काभ्रे बस्ने ३० वर्षीय दिलबहादुर घलान, त्यसैगरी मकवानपुर थाहा ८ बस्ने ३२ वर्षीय आत्माराम घलान, ३० वर्षीय गोमलाल थिङ र धादिङ गजुरी गाउपालिका ८ सानोबाई बस्ने २७ वर्षीय दिलबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.