पाटेबाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

| 2021 Mar 11 | 07:25 am 2069

बर्दिया, फागुन २७ः पाटेबाघको आक्रमणबाट बर्दियामा फेरी एक महिलाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ को कोठियाघाट सामुदायिक वन र सम्झना साुदायिक वन भित्र घाँस काट्न गएकी मधुवन ३ कोठियाघाट बजारकी एक महिलालाई पाटेबाघले आक्रमण गर्दा ज्यान गएको हाे ।

पाटेबाघको आक्रमणबाट मधुवन नगरपालिका ३ कोठियाघाट बजारकी २७ बर्षीय रिना सुनारको ज्यान गएको खाता समन्वय समितिका सचिव हरि गुरुङले जानकारी दिए ।

बुधबार दिउँसो २ बजेतिर समुहमा घाँस काट्न गएका बेला पाटेबाघले सुनारलाई आक्रमण गरेको थियो । यसअघि फाल्गुन १७ गते बर्दियाको गेरुवा गाउँपालिकामा पाटेबाघले भैँसी चराउन गएका ६५ बर्षका एक पुरुषलाई आक्रमण गरेर ज्यान लिएको थियो ।

योसंगै बर्दियामा यस बर्ष बाघको आक्रणमा परी ८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो समय बर्दियाका बाघ आक्रमणबा घटना बढ्न थालेपछि स्थानीयबासी त्रसित बनेका छन् ।

पाटेबाघ आक्रमणका घटना दिनहुँ बढिरहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यलयले सुचना जारी गरेर निकुञ्ज तथा डिभिजन वन र सामुदायिक वनमा गाइभैँसी चराउन तथा घाँसदाउरा लिन नजान पटक पटक आग्रह गरिरहेको छ ।

पाटेबाघ आक्रामक बनिरहेकाले केहि समय जंगल प्रबेस नगर्न र गर्नै परे पनि एक्लै नजान डिभिजन वन प्रमुख महेन्द्रराज वाग्लेले आग्रह गरेका छन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.