पाकिस्तान ए लाई नेपालले दियो १८० रनको लक्ष्य

| 2023 Jul 14 | 01:21 pm 2237

काठमाडौं, असार २९ । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पाकिस्तान ए टिमसँगको खेलमा सम्मान जनक स्कोर बनाउन सफल भएको छ । टस जितेर पहिलो व्याटिङ गरेको नेपालले राम्रो प्रदर्शन गर्न सकेन । नेपालले ३७ ओभरको खेल खेल्दै १७९ रन बनाएर अल आउट भएको छ । खेल श्रीलङ्काको कोलम्बो क्लब मैदानमा भइरहेको छ ।

नेपालका तर्फबाट सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै सम्मानजनक स्कोरसम्म पुर्याउन योगदान गरे । पाकिस्तान ए का बलरहरु सामु नेपालका सोमपाल कामी बाहेक कुनै खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालको तर्फबाट ओपनिङ गर्न आएका कुशल भुर्तेल १ रनमा र असिफ सेख १२ बनाएर आउट भएका थिए । त्यस्तै अर्जुन साउद १७ रन, रोहित पौडेल ४ रन, भिम सार्कि शुन्य र पवन सर्राफ १ रन, कुशल मल्ल १७ रन, गुल्सन झा १३ रन, सोमपाल कामी ७५ रनमा आउट भएभने ललित राजवंशी १ रनमा नट आउट रहे ।

पाकिस्तानका शहनवाजले ५, मोहम्मद वसीम जेआरले ४ र मुबसिर खानले १ विकेट लिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.