बुधबार दिउँसो २ बजे आइओसीको मोतिहारी डिपोबाट डिजेल छाडिएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी)को अनुदान सहयोगमा निर्माण भएको पाइपलाइनको सबै परीक्षण सकिएपछि डिजेल पठाउन सुरु गरिएको हो ।
नेपाल तर्फ पाइपको तेल भण्डारण गर्न अमलेगखन्जको डिपोमा चारवटा ट्यांकी तयार छन् । ती ट्यांकीसम्म तेल लैजान पाइप पनि फिटिङ भइसकेको यादवले जनाए । तर, पटना–मोतिहारी १ सय ९९ किलोमिटर पाइप पानीले सफा गरेर मात्रै डिजेल छाडिएकाले त्यसलाई शुद्धिकरण गरेर मात्रै खन्याइने बताइएकाे छ ।
पाइपलाइनकाे उद्घाटनको तयारीसमेत सुरु भएको छ । प्रधानमन्त्री केपीशर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गराउने तयारी भएको छ ।