पाँच सय माग्दा दाइ गरे भाइको हत्या

रिपोर्ट नेपाल | 2018 Sep 25 | 07:06 pm 2121

सल्यान, असोज ९  : पाँच सय रुपैयाँ माग्दा भाइको हत्या गर्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सल्यानले सार्वजनिक गरेको छ । शारदा नगरपालिका -१ श्रीनगरमा गत भदौ १८ गते आफ्नै भाइको हत्या गरेका दाइलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख वीरेन्द्र बहादुर शाहीका अनुसार भाइ विद्यालयबाट आएर आफ्नै कोठामा बसिरहेका अवस्थामा दाइ कोठामा गएको बेला भाइले ५०० रुपैयाँ मागेका थिए ।  भाइले पैसा  माग्दा सधैँ पैसा किन चाहियाे भन्दै १०० रुपैयाँ मात्रै  दिदाँ  वादविवाद परेकाे थियाे ।

वादविवाद चल्दै गर्दा भाइले दाइलाई हात छोडेपछि भाइको घाँटी थिचेर हत्या गरेका थिए । तर प्रहरीलाई भने आत्महत्या गरेको भनी खबर गरेका थिए । मृतकले आत्महत्या गर्नु पर्ने कुनै कारण नभएको र घटनाको प्रकृति हेरेपछि प्रहरीले अनुसन्धान थालेको थियो । करिब २० दिनको अनुसन्धानपछि भाइको हत्या दाइले नै गरेको हो भन्ने पत्ता लागेको शाहीले बताए ।

घटना लगत्तै घरका दाइ र भाउजूलाई जिल्ला प्रहरी कार्यालय सल्यानको टोलीले पक्राउ गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया