पाँच मिटर अगाडि ब्रुमरको सफाई, पाँच मिटर दूरीमा फोहोरको खात

| 2019 Oct 27 | 01:35 pm 2064

काठमाडौं, कात्तिक १०: आइतबार काठमाडौं महानगरपालिकाको घुलो तान्ने मेसिन ब्रुमरले भृकुटी मण्डप एरियामा बाटोको धुलो तानिरहेको दृष्य र त्यसको ५ मिटर अगाडि फोहोरको डुंगुर सडकमा देखिएको दृष्य हेर्दै सर्वसाधारणले मंचन गरिएको नाटक भनिरहेका थिए ।

विगत केही महिना अगाडि प्रदर्शनीमार्ग स्थित वाल्मीकी विद्यापीठ लगाएत तीनवटा शिक्षण संस्था रहेको प्रमुख सडकमा फोहोरको डुंगुर बारे रिपोर्ट नेपाल डटकमले समाचार प्रकाशन गरेको थियो । समाचार सम्प्रेषणपछि वाल्मीकी विद्यापीठका विद्यार्थीले सडक जाम गरेपछि सडकको फोहोर र बोक्ने गाडी केहीदिनका लागि हटाइएको थियो ।

सफा र सुन्दर काठमाडौंको नारा लगाउने महानगरको मुटु र सिंहदरबारको एक किलोमिटर नजिक प्रमुख सडकमा फोहोरको खात हुँदा समेत त्यस वडाका जनप्रतिनिधिले रमिते बनेर बसेका छन् । टुकुचा तरकारी बजार लगायत आरआर कलेज वरिपरीका फलफूललगायत अन्य पसलेले पवित्र संस्कृत विद्यालय अगाडि ल्याएर फोहोर फाल्ने गरेका छन् ।

नेपालीको उज्यालो चाड लक्ष्मी पूजाका दिन ब्रुमरले धुलो सफा गर्दै गर्दा पाँच मिटर नजिकको फोहोरले महानगरपालिका र वडा कार्यालयलाई जिस्काई रहेको थियो । व्यवसाय गरेर पैसा आफूले कमाउने सडक यात्रुलाई दुर्गन्धको शिकार बनाउने र फोहोरको व्यवस्थापन गर्नेको चरम लापरवाहीलाई कसले नियन्त्रण गर्ने प्रमुख प्रश्न खडा भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.