पाँच डिएसपीको सरुवा– को कहाँ ?

रिपोर्ट नेपाल | 2019 Feb 08 | 02:41 pm 2333

काठमाडौं, माघ २५ :  प्रहरी प्रधान कार्यालयले पाँच प्रहरी नायब उपरीक्षक(डिएसपी)को सरुवा गरेको छ । रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाका श्याम खत्रीलाई जिल्ला प्रहरी कार्यालय जाजरकोट सरुवा गरिएको छ भने त्यहाँका डिएसपी रबिन्द्र सिंहलाई आइजीको सचिवालयमा ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका कुमुद ढुङ्गेललाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर मालदार ठाउँमा पठाइएको छ । रुपन्देहीमा धर्मराज भण्डारीको सरुवा भएको छ । चन्द्रनिगाहपुरका डिएसपी युवराज खड्कालाई सशस्त्र प्रहरी गण नम्बर एकमा सरुवा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.