काठमाडौं, असार ८ । एयर इन्डियाको विमानबाट कोलकत्ता हुँदै ओमन जान लागेका एक यात्रुलाई प्रहरीले पक्राउ गरेको छ ।
झापा जिल्लाको भद्रपुर निवासी २५ वर्षीय सुमन लिम्बुलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ४ केजी ७ सय ५० ग्रामसहित त्रिभुवन विमानस्थलमा प्रहरीले पक्राउ गरेको छ ।
१०८९३५४१ नम्बरको राहदानीबाट ओमन जान लागेका लिम्बुलाई चेक जाँचका क्रममा पक्राउ गरीएको हो । उनको लगेजभित्र फल्स बटन बनाई सेतो प्लाष्टिकले बेरिएको अवस्थामा विस्कुट आकृति बनाएको र लगेजभित्र रहेको सन पापडीको दुई वटा प्याकेट समेतमा गरी उक्त परिमाणको लागूऔषध फेला परेकाे प्रहरीले जनाएकाे छ ।