पाँचथर, साउन ६: जिल्लाकाे हिलिहाङ गाउँपालिकामा सोमबार बिहान मन्दिरको छत खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जगतबहादुर राई र रुद्र राई रहेको स्थानीय अर्जुन रिजालले जानकारी दिए ।
गाउँपालिकाको वडा नम्बर ७ भारपाकोटारीस्थित रहेकाे यलम्बर पार्कमा निर्माण गर्दै गरेकाे मन्दिरको छत खसेको हो ।
ढलान गरिएको छत सटिङ खुस्काउने क्रममा छत खसेर च्यापिँदा दुई जनाकाे मृत्यु भएकाे रिजालले जानकारी दिए ।
प्रहरी निरीक्षक अनिलकुमार पौडेलले दिएकाे जानकारी अनुसार ढलान गरिएको छत राम्रोसँग नअडिएका कारण सटिङ खुस्काउने क्रममा खसेको बताए ।