पाँचथर, वैशाख ३०: आइतबार साँझ पाँचथरमा एक १५ वर्षीया किशोरीको घाँटी रेटेर हत्या भएको छ । जिल्लाको हिलिहाङ–४ पञ्चमीकी शीतल योङहाङको घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परिएको हो ।
मृतकको शव घाँटी काँटिएको अवस्थामा सडकको मूनि फेला परेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले जानकारी दिए ।
प्रहरी निरीक्षक पौडेलका अनुसार हत्याको बारेमा अहिलेसम्म केही खुल्न नसकेको र यसबारे तिब्र रुपमा अनुसन्धान भइरहेको बताए । साथै हत्या भएको स्थलबाट प्रहरीले एक सेट मोबाइल फोन पनि फेला पारेको जनाए ।