काठमाडौं, माघ १७ : यूनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । दुबईस्थित आइसीसी एकेडेमी ओभलमा नेपालका कप्तान पारस खड्काले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
नेपालका लागि ३ खेलाडीले आज टि-२० अन्तर्राष्ट्रियमा नेपालका लागि डेब्यु गर्दै छन् । रोहितकुमार पौडेल, सन्दीप जोरा र अभिनाश बोहराले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गर्ने भएका हुन् ।
अभिनाश बोहराको राष्ट्रिष्य टोलीमा पनि डेब्यू हो । सन्दीप र अभिनाश पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । सन्दीपले यूएईविरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए । नेपालले चार नयाँ अनुहारलाई मौका दिएको थियो । त्यसमध्ये सन्दीप, अभिनाश र पवन सर्राफले मौका पाइसकेका छन् । त्यस्तै प्रदीप ऐरी र बसन्त रेग्मी टोलीमा फर्किएका छन् ।
दुबईस्थित आइसीसी एकेडेमीमै भएको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपाल २–१ ले विजयी भएको थियो । नेपालले अब यूएईमा तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्नेछ ।