जुम्ला, फागुन ९: अघिल्लो पटक परेको हिउँ नपग्लिइ शुक्रबार फेरि जुम्लामा बिहानदेखि हिमपात भएको छ । लगातारको हिमपातले जनजीवन प्रभावित हुँदै गएको छ । बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ ।
चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ । हवाई यातायात भने अनियमित मौसमका कारण बन्द रहेको छ । लगातार पानी र हिउँबाट बच्न तथा न्यानो गर्न स्थानीय प्रशासनले पटक–पटक सूचनासमेत जारी गर्दै आएको छ ।
चिसोले अस्पतालमा बिरामीसमेत बढ्ने गरेका छन् । अस्पतालमा रुघाखोकीका बिरामी बढेका पाडब गुफा हेल्थ स्वास्थ चौकीका अहेब नेत्रबहादुर खत्रीले जानकारी दिए ।