काठमाडौं, असार ६ः गत असार १ गते राती परेको अबिरल वर्षाका कारण विपत्तीमा परेका सिन्धुपाल्चोक बासीलाई काठमाडौंका सिर्जनशिल बस्तीका स्थानीयले ठूलो संख्यामा खाद्यान्न लगायत विभिन्न सामाग्री वितरण गरिएको छ ।

सिर्जनशिल टोल समाज र सयपत्री महिला समुहकाे आयोजनामा राहत सामाग्री वितरण गरिएको थियो ।
राहत वितरण कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष रमेश अर्यालले बाढी पहिरोबाट पीडित बनेका सिन्धुपाल्चोक बासीलाई आफ्नो वडाबासीले उदारता देखाएर गरेको सहयोग अत्यन्तै प्रशंसनीय भएको बताए ।
अध्यक्ष अर्यालले पहिरो पीडितको दुखेको घाउमा राहत सामाग्रीले थोरै भएपनि मल्हम लगाउने विश्वास लिएको बताएका थिए ।

सिर्जनसिल टोल समाजका अध्यक्ष दिपक गिरीले एउटा नेपालीलाई दुख्दा अर्को नेपालीलाई पनि दुख्ने भएकोले आफूहरुले टोल छिमेकको सहयोगमा राहत सामाग्री ल्याएको बताए ।
यसपत्री महिला समाजकी अध्यक्ष मनिषा कटुवालले राहत सामाग्री १ सय ८ बोरा चामल, अण्डा, दाल, नुन, तेल, सेनीटेरी प्याड, सिरक डस्ना, ब्याल्याङ्केट लगायतका सामाग्री रहेको बताइन् ।
राहत सामाग्री मेलम्ची स्थित सेनाको कार्यालयमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रतिनिधिको रोहबरमा हस्तान्तरण गरिएको थियो ।