काठमाडौं, साउन १५: गत साउने ६ गने गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेकमा गएको भीषण पहिरोका कारण विचल्लीमा परेकालाई रहत स्वरुप बिमा समिति कर्मचारी युनियनले रिपोर्ट नेपाल डटकम मार्फत रु १० हजार एक रुपैयाँ सहयोग गरेको छ ।
बिमा कम्पनीहरुलाई नियमन र कार्यन्वयन गराउने कार्यालयका रुपमा रहेको बिमा समितिमा कार्यरत कर्मचारीको छाता संगठन समितिले रिपोर्ट नेपाललाई चेक उपलब्ध गराइदिएर सहयोग गरेको हो । गुल्मीमा पहिरो पीडितको रोदनमा आफू सक्दो आँसु पुछ्ने काम बिमा समितिले गरेको छ ।
नेपालीहरु कति कोमल मन र सहयोगी हुन्छन् भन्ने कुरा यो सहयोगले छर्लंग पारेको छ । नेपालमा थुप्रै बिमा कम्पनी छन् । हामीले समयमै पहिरो पीडित जनतालाई बिमा बारे बुझाउन सकेको भए र त्यस प्रति आकर्षक गराउन सकेको भए सायद आज आर्थिकका कारण यति हार गुहार गर्न पर्दैनथ्यो कि भन्ने महसुस गरी एकै समयमा बिमा सम्बन्धी नियमन गर्ने संस्थाले पहिरो पीडितलाई आफू सक्दो राहत प्रदान गरेको छ ।
युनियन माथि भईपरी आउने कार्यक्रमलाई मध्येनजर राख्दै त्यहाँ कार्यरत कर्मचारीको पसिनाबाट सिंचित रकम पहिरो पीडितलाई दिने निर्णय गर्ने युनियन र कर्मचारी मित्रहरुलाई रिपोर्ट नेपाल मुरीमुरी धन्यवाद दिन चाहान्छ । विपतमा परेकालाई सहयोग गर्नु कुनै यज्ञ महायज्ञ भन्दा कम पक्कै होइन ।