पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध

रिपोर्ट नेपाल | 2020 Sep 23 | 08:49 am 1917

पर्वत, असाेज ७ः मङ्गलबार साँझदेखि लगातार रूपमा परेको पानीका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ ।

पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गए रातिदेखिनै सडक अवरुद्ध बनेको हो । दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हुने वित्तिकै पनि पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।

मङ्गलवार साँझदेखि यस क्षेत्रमा ठूलो वर्षा भइरहेको बताइएको छ । वर्षा नरोकिँदा अवरुद्ध सडक खुलाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जनाएको छ ।

बाटो पुनः सञ्चालनमा ल्याउन स्काभेटर बोलाइएको भन्दै खड्काले वर्षा रोकिए बुधबार (७ असोज) दिउँसोसम्ममा सडक सञ्चालन हुने जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.