पहिरो खसेर पृथ्वी राजमार्ग पूर्ण रुपले अबरुद्ध

रिपोर्ट नेपाल | 2020 Jun 23 | 11:39 am 2624

तनहुँ, असार ९ः निरन्तर परेको अबिरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी स्थित ऐना पहरा नजिकै पहिरो खसेर सडक पूर्ण रुपले अबरुद्ध भएको छ ।

सडक खुलाउनका लागि अहिले डोजरले पहिरो पन्छ्याउने काम भइरहेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको हो ।

केही दिन देखिको निरन्तर वर्षाका कारण पृथ्वी राजमार्ग अबरुरद्ध हुँदै आएको छ । पहिरोले सडक अबरुद्ध भएपछि गण्डकी प्रदेश तथा अन्य जिल्ला जाने सवारी साधनहरु बीच बाटोमै अलपत्र पर्दै आएका छन् ।

सडक खोल्ने काम तीव्र गतीमा भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.