पहिरोले २ घर बगाउँदा सिन्धुपाल्चोकमा ५ जना बेपत्ता

रिपोर्ट नेपाल | 2020 Jul 16 | 07:48 am 1526

सिन्धुपाल्चोक, साउन १ः गएराति भोटेकोशी गाउँपालिकास्थित खोकुण्डोल बजारमाथि फुल्पिङमा गएको पहिरोले २ घर बगाएको छ । उक्त पहिरोमा परी ५ जना बेपत्ता भएका छन् ।

अहिले प्रहरी घटनास्थल पुग्दै गरेको र आफूहरु पनि केही बेरमा घटनास्थल पुग्ने गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिए ।

पहिरोले गेन्जिङ शेर्पाको घर पुरिँदा उनकी आमा, बहिनी, श्रीमती र दुई छोरीहरु पहिरोमा पुरिएका हुन् ।

साथै, पहिरोले फुल्पिङकट्टीकै एक स्कुलको कम्पाउन्डमा पनि क्षति पुर्याएको छ ।

गत गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका जम्बुमा आएको बाढी र पहिरोले तीन जनाको मृत्यु र करिब २० जना बेपत्ता छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.