पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

रिपोर्ट नेपाल | 2021 Jul 10 | 07:42 am 2013

तनहुँ, असार २६ः पृथ्वीराजमार्गमा पर्ने दमौली खैरेनीटार सडक खण्ड शनिबार बिहान ४ बजे देखि अवरुद्ध भएको छ ।

म्याग्दे गाउँपालिका–१ बडचौरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिए ।

सडक डिभिजन कार्यालय तनहुँको डोजरले पहिरो हटाउने काम भईरहेको छ । ठुलो ढुङ्गा समेत खसेकाले हटाउन अप्ठ्यारो भईरहेको प्रहरीले जनाएको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.