गोरखा, साउन ५ः अबिरल वर्षका कारण पहिरोले पुरिएर गोरखाको फुजेलमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गण्डकी गाउँपालिका ४ फुजेल कौदीका ३६ वर्षीया लक्षीमाया गुरुङ रहेका छन् ।
गोठमा बाख्रालाई घाँस हाल्न गएकी गुरुङलाई घरमाथि रहेको कच्ची सडकबाट आएको पहिरोले पुरेको थियो ।
उनी संगै गोठमा भएका मध्ये ९ वटा बाख्रा समेत मरेको स्थानिय सन्तोष गुरुङले बताए ।