गुल्मी, असाेज ६ः पहिरोले पुरिएर गुल्मीमा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा इस्मा गाउँपालिका वडा नम्बर २ हस्तिचौरका ३९ बर्षीय पेम बहादुर कुमाल र सोहि ठाउँकै ५ बर्षीय सफल कुमाल रहेका छन् ।
सोहि ठाउँकै ६० बर्षीया तिलक कुमाल घाइते भएका शसस्त्र प्रहरी बल, गुल्म गुल्मीका इन्सपेक्टर कम्लेश कुमार महतोले जानकारी दिए ।
उनीहरु तिनैजना सोमबार आफन्तकोमा पुजामा सहभागि भएर घर फर्किदै थिए । त्यसैक्रममा राति ८ बजे बाटोमाथिबाट गएको पहिरोले पुरिएर उनीहरुको मृत्यु भएको बुझिएकाे छ ।