कास्की, साउन २ः गएरातिदेखि परेको अबिरल वर्षाका कारण शुक्रबार बिहान कास्कीमा पहिरो जाँदा पहिरोले परिएर एकै घरका तीन जनाको मृत्यु भएको छ ।
माछापुच्छ्रे गाउँपालिका ८ खोराकोमुखमा पहिरो जाँदा स्थानीय प्रेम विकका ३ जना नातीनातिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
शुक्रबार बिहान घर भन्दा अन्दाजी २० मिटर माथिबाट पहिरो खस्दा पुरिएर उनीहरुको मृत्यु भएको एसपी श्रेष्ठले बताए ।
मुलघरको छेउ पट्टीको कोठामा सुतिरहेको अवस्थामा पहिरोले पुरिएका १४ वर्षीय समीर विक, १६ वर्षीय कुशल विक र १६ वर्षीया रेजिना विकको शव प्रहरीले घटनास्थलबाट निकालेको एसपी श्रेष्ठले जानकारी दिए ।
घरमा ७ जना सुतिरहेको अवस्थामा माथिबाट पहिरो खसेकोमा मूल घर तर्फ सुतेका बाँकी ४ जना भने शकुसल रहेको उनले जनाए ।