पहिरोले पुरिएर कालीगण्डकी करिडोरमा पाँच मजदुरको मृत्यु

| 2020 Nov 05 | 07:40 am 2965

नवलपुर, कात्तिक २०: कालीगण्डकी करिडोर सडक निर्माणका क्रममा पाँच जना मजदुरको पहिरोले पुरिएर बुधबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा २० वर्षीय गोपाल गरञ्जा, ४३ वर्षीय सुनबहादुर पुलामी, २० वर्षीय ताराबहादुर लुङ्गेली, २० वर्षीय चेतबहादुर अस्लामी र २९ वर्षीय तुलबहादुर सारु रहेका छन् ।

पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–३ सखुवा भन्ने स्थानमा दिउँसो ५ बजे सडक खन्ने क्रममा आएको सुख्खा पहिरोमा परी उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।

सडक निर्माणका क्रममा ७ जना मजदुरले जालीमा ढुंगा भर्दै थिए, तामाङले भने, त्यस क्रममा आएको पहिरोमा परेका २ जनालाई प्रहरी र स्थानीयले उद्दार गरे । अन्य ५ जना पहिरोमा परे ।

गैंडाकोटदेखी राम्दीसम्म १ सय ३० किलोमिटर सडक निर्माण हुँदैछ । त्यस क्रममा खटिएका स्थानीयको पहिरोमा परेर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिए । मृतक सबै बुलिङटार–४ का हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.