पहिरोले घर बगाउँदा लाखौंको क्षती

रिपोर्ट नेपाल | 2020 Aug 08 | 07:15 pm 2722

धनकुटा, साउन २४ः शनिबार दिउँसो परेको अविरल बर्षाका कारण धनकुटा शहिदभूमि गाउँपालिका ६ बस्ने मान ब रानामगरको ढुंगा माटोले बनेको १ तले घर पहिरोले बगाइ पूर्ण रुपमा क्षति भएको छ ।

घर भित्र रहेको अन्नपात, लत्तकपडा, नगद १५ हजार, सुन १ तोला, चांदी २ तोला गरी करिश ४ चार लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त पहिरोमा मानविय तथा कुनै पनि चौपायाको क्षति भएको छैन । घर परिवारमा श्रीमान, श्रीमति मात्रै रहेका रहेका छन् । प्रहरी चौकी आखिसल्लामा खबर प्राप्त हुन साथ प्रहरी टोलि खटाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.