पहिरोले घर पुरिदा दार्चुलामा दुई जना बोपत्ता

रिपोर्ट नेपाल | 2020 Jul 21 | 01:58 pm 2399

दार्चुला, साउन ६ः लगातार रुपमा परेको पानीले दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ पस्ती स्थित लक्ष्मी ढोलीको घरमाथि पहिरो खस्दा दुईजना बेपत्ता भएका छन् ।

पहिरोमा परी बेपत्ता हुनेमा लेकम गाउँपालिका घरभई दिदी भेट्न पस्ती पुगेका अर्जुन दर्जी र मिलन दर्जी रहेका छन् ।

उक्त पहिरोमा परी घाइते ३५ वर्षीय लक्ष्मी ढोली वर्ष ९ का छोरा शुभम् परियार र वर्ष १२ की छोरी सोनिया परियारलाई घर भित्र च्यापिएको अवस्थामा प्रहरीले जिवितै उद्दार गरेको प्रहरी निरिक्षक एवं सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागी पस्ती स्वास्थ्य चौकीमा पठाएको उनले बताए ।

घट्ना भएको खबर पाउनासाथ गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी, स्थानीय, प्रहरी चौकी पस्ती तथा प्रहरी चौकी दत्तुबाट खटिएको प्रहरी टोलीले उद्दार गरीरहेका छन् ।

पहिरोले गरेको क्षतिको थप विवरण आउन बाँकी रहेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.