पहिरोले घर पुरिँदा लमजुङमा तीन जनाको मृत्यृ, तीन घाइते

रिपोर्ट नेपाल | 2020 Jul 10 | 07:45 am 3284

लमजुङ, असार २६? जिल्लाको बेसीसहर नगरपालिका–७, सातबिसेमा दीपक तामाङको घर पहिरोले पुरिंदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घरधनि दीपक तामाङ, उनकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङ रहेका छन् । अन्य तीन जना घाइते भएको लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए ।

राति सुतेको बेला ११ बजे माथिबाट खसेको पहिरोले घर पुर्दा उनीहरु तीन जनाको मृत्यु भएको डिएसपी थापाले बताए ।

गएराति १२ बजे घटनास्थलमा पुगेको प्रहरी टोलीले पहिरोबाट तीनैजनालाई निकालेर जिल्ला अस्पताल पुर्‍याएको थियो। ‘अस्पताल पुर्‍याउनासाथ डाक्टरले तीनै जनालाई मृत घोषणा गरेका डिएसपी थापाले जानकारी दिए।

पहिरोले वरिपरिका अन्य घरमा भने कुनै क्षति नगरेको प्रहरीले जनाएको छ। लमजुङमा बिहीबार साँझदेखि सुरु भएको वर्षा अझै रोकिएको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.