पहिरोले घर पुरिँदा बाग्लुङमा दुई बालकको मृत्यु, एक घाइते

रिपोर्ट नेपाल | 2020 Aug 15 | 08:17 am 2422

बाग्लुङ, साउन ३१ः गएराति पहिरोले एक घर पुरिँदा बाग्लुङको निसीखोला गाउँपालिका–५ हारीगाउँमा दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा निसीखोला गाउँपालिका–५ कारीगाउँकाका हिराबहादुर विकका १४ वर्षीय छोरा विरेन्द्र विक र नाति ६ वर्षीय प्रवेश विक रहेका छन् ।

शुक्रबार परेको अविरल वर्षासँगै घरमाथिबाट पहिरो खसेको थियो । पहिरोले घर पुरिएको हो । यसैगरी उक्त पहिरोमा परी विककी श्रीमती ५३ वर्षीया विलसरा विक घाइते भएकी छन् ।

पहिरोमा पुरिएकी उनको उद्धार गरी उपचारका लागि झिावाखोला पठाएको निसी प्रहरी चौकीले जनाएको छ ।

शुक्रबार राति साढे दुई बजेको समयमा पहिरो गएको हो । घरको माथिल्लो तला (आँटी)मा सुतेका परिवारका सदस्य भने सकुशलै रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.