चितवन,साउन ३: नारायणगढ- मुग्लिन सडकखण्ड अर्न्तगतको टोपखोलामा गएको पहिरोले बिहिबार बिहानैदेखि अवरूद्ध नारायणगढ मुग्लिन सडक लगभग चार घण्टापछि खुलेको छ ।
बिहान ६ बजेदेखि बन्द भएको सडकको पहिरो हटाएपछि पौने १० बजेदेखि खुलेको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।
राजधानी काठमाडौंको ‘लाइफलाइन’ नारायणगढ–मुग्लिन सडकमा दैनिक १० हजारको हाराहारीमा यात्रु बस र मालवाहक साधन गुड्छन्। पहिरोका कारण हजारौं यात्रु अलपत्र पर्ने गर्छन्। टोपे खोलामा वर्षामा दिनहुँजसो पहिरो खस्ने गरेको छ।
‘केही दिनयता पानी नपर्दा पहिरो रोकिएको थियो। तर आज बिहान सानो पानी परे पनि पुरानै ठाउँबाट पहिरो गएको प्रहरीले जनाएको छ। दिउँसो १ बजेसम्म बाटो खुल्ने सम्भावना कमै रहेका कारण वैकल्पिक बाटो अपनाउन खनालले सुझाव दिएका छन्।