गुल्मी, साउन २३ः बजार भर्न हिँडेका एक जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय बेगबहादुर क्षत्री रहेका छन् ।
जिल्लाको कालिगण्डकी गाउँपालिका ४ खोक्रोकका क्षत्रीलाई पहिरोले बगाएको पुर्तिघाट प्रहरी चौकीले जनाएको छ।
बुधबार बिहान घरबाट पुर्तिघाट बजार हिँडेका उनी साँझसम्म घर नफर्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
खोजी गर्दै जाँदा उनको शव घिसिङ खोला किनारमा फेला परेको थियो। करिब १ सय मिटर माथिबाट पहिरोले बगाएर खोला किनारमा पुर्याएको थियो।
शवलाई पोस्टमार्टमका लागि रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ ।