पहिरोमा परी १ जना पुरिए, ३ घर क्षति, ३ घर जोखिममा

| 2021 Jul 08 | 04:25 pm 1965

तनहुँ, असार २४ः जिल्लाको रिसिङ गाउँपालिका ७ की ५२ देबिसरा थापा घर माथिबाट आएको पहिरोवाट जोगिन भाग्ने क्रममा सोही पहिरोमा परी रुखको जरामा अड्किएको अवस्थामा रहेको छ । उक्त पहिरोले ३ घर पुरी पूर्ण रुपमा क्षति बनाएको र अन्य ३ घर समेत जोखिममा परेको छ ।

सो घटनाको भएको सूचनाको आधारमा पुरिएको व्यक्तिको उद्दार तथा खोजी कार्यको लागि प्रहरी चौकी रिसिङ रानीपोखरी तथा ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट प्रहरी निरीक्षक समेतको प्रहरी टोली उक्त स्थानमा खटिई गएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको ।

म्याग्दे खोलाले बगाउदा १ जना बेपत्ता
बिहीबार बिहान तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ७ बस्ने बर्ष ४५ को मैत बहादुर नेपाली म्याग्दे गाऊँपालिका वडा नं ४ घुम्तीमा रहेको म्याग्दे खोलाको पुलबाट तर्ने क्रममा सोही खोलामा पुलमाथीवाट आएको बाढीले बगाउँदा बेपत्ता भएको छ ।

उक्त घटनाको सुचना प्राप्त हुनासाथ प्रहरी चौकी थर्पुबाट प्रहरी नायब निरीक्षक समेतको टोली खटिई गई उनको खोजतलास गर्दा हालसम्म फेला परेको छैन । उक्त खोलाले बगाई लैजान सक्ने स्थानहरुमा खोजतलास भईरहेको तनहुँ प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.