कास्की, असार २६ः लगातार परेको अविरल वर्षाका कारण पोखराका विभिन्न ठाउँमा पहिरो गएको छ । पोखराको सराङकोट र हेम्जामा आएको पहिरोमा परी ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दएका छ ।
अन्य ६ जना घाइते भएको र केही घरमा समेत क्षति पुगेको बताइएको छ । पोखरा महानगरपालिका १८ स्थित सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा परेको छ । उक्त पहिरोमा परी ३ जनाको मृत्यु भएको हो ।
घाइतेमध्ये ४ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचारार्थ लगिएको र बाँकी २ जना सामान्य घाइतेलाई उद्धार गरी अस्पताल लगिँदै गरेको जानकारी प्राप्त भएको छ ।