पाल्पा, साउन २ः शुक्रबार अबिरल बर्षाका कारण पहिरो खसेर सिद्धार्थराजमार्गको तानसेन–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।
उक्त सडकखण्ड अन्तरगत तानसेन –८, गौडेपुलमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरी जानकारी दिए ।
अहिले राजमार्गमा खसेको पहिरो हटाउन समस्या देखिएको छ । वर्षा भइरहेको र पहिरो खसिरहेकोले पहिरो हटाउन समस्या परेको गिरीले बताए ।