कालिकोट, असार २१ः अबिरल वर्षका कारण पहिरो खसेर कर्णाली राजमार्ग अन्तरगत कालिकोट सडक खण्डको शुभकालिका १ हुल्ममा राजमार्ग अवरुद्ध भएको छ ।
राजमार्ग अवरुद्ध भएपछि सुर्खेत, नेपालगन्ज र अन्यत्र ठाउँबाट कालिकोट जुम्ला तथा मुगुका लागि आएका मालबहाक तथा यात्रुवाहक गाडीहरु सडकमै रोकिएका छन् ।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी श्यामबाबु ओलियाले बताए ।