पहिराेले परिँदा बागलुङमा एक जना बेपत्ता

रिपोर्ट नेपाल | 2020 Sep 14 | 12:10 pm 2590

बागलुङ, भदाै २९ः लगातार परेकाे  पानीका कारण पहिरो जाँदा बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा साेमबार बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ६१ वर्षीय हरिकृष्ण पौडेल रहेका छन् ।

साेही परिवारका अन्य पाँच सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए ।

पहिरोले अन्य पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षत्री र तारादेवी क्षत्रीको घरमा पूर्णरूपमा क्षति पुर्याएको प्रहरीले बताएको छ । घटनास्थलमा तत्कालै नेपाली सेना र प्रहरी परिचालन गरी उद्धारको काम भइरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.