पहिराेमा परी पाेखरामा ४ काे मृत्यु, ५ घाइते

| 2021 Sep 02 | 12:36 pm 2853

कास्की, भदाै १७ः लगातर परेकाे वर्षाले गर्दा पहिराे जाँदा पहिराेमा परी पाेखरामा ४ जनाकाे ज्यान गएकाे छ । पोखरा-२० काे भलाममा गए राति पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको हाे भने १ मृतक अन्य रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार भलाममा ब्लकले बनेको एक तले घर पहिरोले पुर्दा घरधनी ४५ वर्षीय कृष्णकुमार श्रेष्ठको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा उहाँकी पत्नी ३५ वर्षीया सुनमाया तामाङको घटनास्थलमै ज्यान गएको छ । उनीहरूकाे ३ वर्षीय छोरा सन्तोष श्रेष्ठकाे पनि निधन भएकाे हाे ।

पहिरोले पुरिएर उनीहरूका अर्का छोरा राजकुमार घाइते छन् । घटना हुँदा श्रेष्ठको टाउकोमा चोट लागेको अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।

विभिन्न ठाउँमा खसेकाे पहिराेका कारण बालबालिकासहित ५ जना घाइते भएका छन् भने केहीकाे सकुशल उद्धार गरिएकाे छ ।

यस्तै, पहिरोले पुरिएर पोखरा-११ काहुँभञ्ज्याङका ४२ वर्षीय लक्ष्य नेपालीको पनि मृत्यु भएको छ। पहिरोमा परेर घाइते भएका नेपालीको उपचारका क्रममा मृत्यु भएको एसपी थापाले बताए ।

पहिरोमा पुरिँदा नेपालीकी छोरी सृष्टि नेपाली घाइते भएकी छिन् । उनका दुबै खुट्टा र ढाडमा चोट लागेको छ। नेपालीका श्रीमती र २ छोराको सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ।

वर्षाकै कारण घर माथिबाट पहिरो आई घर पुरिन जाँदा पोखरा- ११ बसेरीका एकदेव तिमिल्सिना, उहाँकी श्रीमती ३८ वर्षीया रितु तिमिल्सिना र छोरा १९ वर्षीय गिरीष तिमिल्सिना घाइते भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.