पहिराेका कारण कर्णाली राजमार्ग फेरि अवरूद्ध

| 2020 Aug 24 | 07:48 am 2526

कालिकाेट, भदाै ८ः पहिराेका कारण कर्णाली राजमार्ग फेरि अवरूद्ध भएकाे छ । यस राजमार्ग अन्तरगत सुर्खेत-जुम्ला सडक खण्डको दैलेख सडक खण्डमा पहिरो गएर सडक अवरूद्ध भएकाे हाे ।

गएराति खसेको पहिराेले सडक खण्डको खिड्कीज्युला भन्ने स्थानमा बाटाे अवरुद्ध भएको  दैलेखका डिएसपी हरिबहादुर वलीले जानकारी दिए ।

पहिराेले सडकमा पूरै क्षति पुर्याएकाे छ । नयाँ रुट निर्माण गर्नुपर्ने भएकाले साेमबार बेलुकीबाट सडक सञ्चालन हुन सक्ने डिएसपी वलीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.