पहिराेकाे कारण मुग्लिन काठमाडौं र नारायणगढ मुग्लिन सडकखण्ड अबरुद्ध

रिपोर्ट नेपाल | 2021 Jul 03 | 07:28 am 1573

चितवन असार १९ः गएरातिदेखि चितवनको दुई ठूला राजमार्ग पहिरोका कारण अबरुद्ध भएको छ । लगातार परेको पानीका कारण मुग्लिन काठमाडौं र नारायणगढ मुग्लिन सडकखण्ड अबरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिन नारायणगढ सडकको चारकिलो र सेती दोभानमा पुन: पहिरो गएको छ । त्यस्तै शनिबार बिहान पृथ्वी राजमार्ग अन्तरगत चितवनको कुरिनटार र फिसलिङ नजिकै पहिरो जाँदा काठमाडौ जाने बाटो रोकिएको हो ।

चितवन र पोखराबाट काठमाडौ जाने सडक अबरुद्ध भए पछि सयौ यात्रु अलपत्र परेका छ्न । पहिरो पन्छाउने काम जारी रहे पनि भारी वर्षाका कारण काम गर्न असजिलो भएको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.