पहिचानसहित खड्गी महोत्सव हुने

रिपोर्ट नेपाल | 2019 Jan 20 | 04:17 pm 1969

काठमाडौँ, माघ ६ : नेपाल राष्ट्रिय खड्गी समाजले पहिचानसहित खड्गी महोत्सव गर्ने भएको छ । खड्गी समाजले यही माघ १०,११ र १२ गते काठमाडौँको टुँडिखेलमा ‘पहिचानसहित खड्गी महोत्सव २०७५’ गर्न भएको हो ।

महोत्सवको उद्घाटन नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा‘बादल’ ले गर्ने महोत्सवका संयोजक नन्द किशोर खड्गीले जानकारी दिए । उनका अनुसार सो महोत्सवमा नेपाली काँग्रेसका सभासद् भिमसेन दास, मानन्धर, एमाले संसद् जीवन राम श्रेष्ठ, प्रदेशसभा सदस्य राजेश शाक्य, काठमाडौका मेयर विद्या सुन्दर शाक्य, ललितपुर मेयर चिरीबाबु महर्जन लगायतको उपस्थिति रहने छन् ।

सो विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा हुने महोत्सवमा खड्गीको पहिचान झल्कने संस्कृति, बाजागाजा, भेषभुषा, खानपान, खड्गीको इतिहास र वर्तमानबारे जानकारी दिने लगायतका कार्यक्रम रहेका छन् । महोत्वसवमा मनोरञ्जन गतिविधि सँगै फेस पेइन्ट, किड्स फनजोन, फुड स्टल, फोटो बुथ, सेल्फी कन्टेस्ट, प्रडक्ट स्टलहरू, कल्चर ड्रेस सो रहने संयोजक खड्गीले जानकारी दिए ।

त्यसै गरी महोत्सवमा चर्चित गायक अनिल शाही, एडरिन प्रधान, कुटुम्ब लगायतको प्रस्तुुती समेत रहने छ ।  ‘खड्गी समुदायको पहिचान’लाई समाज समक्ष ल्याउने र युवा पुस्तामा समुदायप्रति दायित्व बोध गराउने उद्देश्यका साथ याे महोत्सव गर्न लागेकाे संयोजक खड्गीले जानकारी दिए ।

महोत्सवमा उपत्यका बाहिर नुवाकोट, चितवन, पाल्पा, इलाम, कास्की लगायतका जिल्लामा पनि समाजका प्रतिनिधिहरू सहभागी हुने संयोजक खड्गीले जानकारी दिए ।  महोत्सवमा दैनिक ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.