पश्चिम नवलपरासी सशस्त्र प्रहरीद्धारा नौ लाख भन्दा बढिको पटाका नष्ट ।

| 2023 Oct 20 | 04:32 pm 1653

काठमाडौँ, कार्तिक ३। सशस्त्र प्रहरीले पश्चिम नवलपरासीमा नौ लाख भन्दा बढि मुल्य बराबरको विभिन्न प्रकारका पटाकाहरु नष्ट गरेको छ ।

दशै तिहारका लागि भारत नाकाबाट भित्र्याइएका करिब नौ लाख ६ हजार बराबर मुल्यको विभिन्न प्रकारको पटाका पाल्हिनन्दन गाउँपालिका वडा नं २ गोपालपुर दशगजा नजिकै एक बगैचामा लुकाइराखेको अवस्थामा विशेष सुचनाको आधारमा नियन्त्रणमा लिएर नष्ट गरिएको सिमा सुरक्षा गुल्म हरपुरका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक ९डिएसपी० बिकास भुजेलले जानकारी दिए ।

पटाकाबाट ठूलो धनजनको क्षति निम्त्याउने र कानुनद्वारा बर्जित रहेकाले नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, महेशपुर भन्सार कार्यालयका प्रतिनिधि,ईलाका प्रहरी कार्यालय महेशपुरका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, स्थानीय सञ्चारकर्मी लगायतको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी गण नं २६ बेलासपुरका गणपति धिरेन्द्रराज न्यौपानेले जानकारी दिए ।

एक हप्ता अगाडि पनि सशस्त्र प्रहरी नवलपरासी पश्चिमले रामग्राम नगरपालिका वडा नं १२ कुनवारे देखि हरकट्टा भुमही जाने बाटोमा एक पिकअप सहित साढे २६ लाख मूल्य बराबर विभिन्न प्रकारका पटाका बरामद गरि नष्ट गरेको थियोे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.