पशुपति शर्मालाई अर्का सांसदले दिने भए ५१ हजार

रिपोर्ट नेपाल | 2019 Feb 20 | 04:29 pm 2117

पोखरा, फागुन  ८ : प्रतिनिधिसभा सदस्य एवं उद्योगपति सूर्यबहादुर केसीले लोकदोहोरी गायक पशुपति शर्मालाई ५१ हजार रुपैयाँ दिने भएका छन् । पोखरामा स्थायी बसोबास रहेका प्रतिनिधिसभा सदस्य केसीले मंगलबार एक पत्रकार सम्मेलनमा बोल्दै गायक शर्मालाई आफ्नो तलबभत्ता वापत ५१ हजार रुपैयाँ दिने घोषणा गरेका हुन् ।

कलाकार राष्ट्रको गहना हुन् यीनीहरुलाई हौसला एवं प्रोत्साहन प्रदान गर्नूपर्छ यसकाविरुद्ध सृजना नै मास्ने कार्यको विरोध भएको उनको दाबी छ ।‘लुटन सके लुट कान्छा…’ बोलको गीत यूटुवमार्फत दर्शक–श्रोतासमक्ष ल्याएका गायक शर्माले गीत विवादमा तानिएपछि स्वयं हटाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा  पशुपति शर्माकाे उक्त गीतलाई नेपाली काँग्रेसका एक सांसद डा अमरेशकुमार सिंहले २५ हजार रूपैयाँ दिने घोषणा गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.