पशुपति क्षेत्रमा आजदेखि मासु, मदिरा र नशालु पदार्थ निषेध

| 2023 Sep 17 | 03:45 pm 1941

काठमाडौँ, भदाै ३१ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपति क्षेत्रमा  मासु र  मदिरा एवं नशालु पदार्थ निषेध गरेको छ ।

असोज १ गते हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ उत्पादन, विक्री वितरण, ओसारपसार, भण्डारण र सेवन गर्न आज भदाै ३१ गते देखि नै निषेध गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले पूर्वमा गौशाला मित्र पार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्र पार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला तोकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.