काठमाण्डौ, मंसिर २१। बालाचतुरदर्शी पर्वलाई मध्य नजर राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथ मन्दिरकाे सिमा वरिपरि एक साताका लागि माछा,मासु र मदिरा निषेध गरेको छ।प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत द्भारा जारी गरिएको सूचना अनुसार गाैशाला मित्रपार्क देखि पूर्व पशुपति क्षेत्रकाे सिमाना हुँदै पश्चिम तिलगंगा, गाैरीघाट, गुहेश्वरी लगाएतका क्षेत्रमा माछा,मासु,मदिरा बेचविखन,ओसारपसार र सेवनमा प्रतिबन्ध लगाइएको छ।
जिल्ला प्रशासन कार्यालयकाे सूचनाको कहि कतै उलंघन भए नियमानुसार कारवाही हुने पनि सूचनामा जनाइएको छ।मंसिर २७ गते सम्म जिल्ला प्रशासनले पशुपतिनाथ एरियामा निषेध गरिए पनि यस अघि काठमाडौं महानगरपालिकाले त्यसै दिनदेखि महानगर भित्र सुर्तीजन्य पदार्थको निषेध गर्ने सूचना जारी गरिसकेको छ। छ।मंसिर २७ गते सम्म जिल्ला प्रशासनले पशुपतिनाथ एरियामा निषेध गरिए पनि यस अघि काठमाडौं महानगरपालिकाले त्यसै दिनदेखि महानगर भित्र सुर्तीजन्य पदार्थको निषेध गर्ने सूचना जारी गरिसकेको छ।