पशुपतिनाथको आशिर्वाद लिएर नेपाली राष्ट्रिय क्रिकेट टोली भोली पाकिस्तान जाने

| 2023 Aug 22 | 04:19 pm 2705

काठमाडाैं, भदाै ५ । नेपाली राष्ट्रिय टोलीले एसिया कप क्रिकेट खेल्न प्रस्थान गर्नु पूर्व पशुपतिनाथको दर्शन गरेको छ । पशुपतिनाथको आशिर्वाद लिएर पहिलो पटक एसिया कपमा सहभागिता जनाउन टोली भोली बुधवार पाकिस्तान जाने भएको हो।

नेपाली टोलीले पाकिस्तानमा पनि एक हप्ता अभ्यास गर्नेछ । एसिया कप अगष्टको ३० देखि सेप्टेम्बर १७ तारिख अर्थात भदौको १३ गतेदेखि ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा हुँदैछ । एसिया कपको समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।

पहिलो पटक एसिया कप खेल्न लागेको नेपाल रोहित कुमार पौडेलको कप्तानीमा भदौ १३ गते पाकिस्तान र भदौ १८ गते भारतसँग खेल्नेछ । नेपालले एसिया कपको लागि  १७ सदस्य टोली घोषणा गरी सकेको छ । तस्विर :विकेट नेपालबाट

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.