काठमाडौं, माघ ३ः नाबालिकलाई जबरजस्तीकरणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ ।
पललाई मंगलबार न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले सफाइ दिएको हो । तर, उनी तत्काल रिहा हुने छैनन् । उनलाई जिल्ला अदालत नवलपुरले बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा दुई वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिबापत जरिबाना तोकेको छ । यो सजाय काटेपछि मात्र उनी रिहा हुनेछन् ।
तर, शाहको तर्फबाट उच्च अदालत पोखरामा पुरावेदन मुद्दा दायर भएको छ । उनी हाल तनहुँ कारागारमा छन् ।