पल्सर मोटरसाईकल सहित दुई जना ट्राफिक प्रहरीको नियन्त्रणमा

| 2022 Feb 22 | 12:16 pm 2629

काठमाडौँ, फागुन १०ः काठमाडौँको सामाखुशीबाट चोरीको मोटरसाईकल सहित दुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले सामाखुशीबाट महोत्तरी बर्दीबास घर भई कपन बस्ने वर्ष २० का संजय विश्वकर्मालाई बास्तविक नम्वर परिवर्तन गरि प्रदेश ३-०२-१२ प ५५८२ नम्वर भएको एनएस पल्सर मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले जानकारी दिए । वास्तविक नम्बर बा८५प ९०३४ खुल्न आएको उक्त मोटरसाईकल यहि पुसमा धुम्बाराहीबाट हराएको भनी मोटरसाईकल धनी सन्तोष श्रेष्ठले जानकारी गराएको एसएसपी जोशीले बताए ।

त्यसैगरी सोही स्थानबाट बा९७प ३१५५ नम्बरको पल्सर मोटरसाईकल सहित संखुवासभाको खाँदबारी घर भई काठमाण्डौं बस्ने रमेश राईलाई
नियन्त्रणमा लिएका छन् । कपन बस्ने निर्मल कार्कीले उक्त मोटरसाईकल चोरी भएको भनी यहि असोजमा निबेदन दिएको महाशाखाले जनाएको छ । मोटरसाईकल सहित पक्राउ परेका दुबै जनालाई चोरी मुद्दा अनुसन्धान एव कारबाहिका लागि महानगरीय प्रहरी बृत्त महाराजगंजमा पठाइएको महाशाखाले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.