वीरगंज साउन ३१ः प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले संगठन भित्र भ्रष्टाचार शुन्यसहनशिलताको भाषण गरे पनि जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख एसपी रमेश बस्नेत र डिएसपी प्रहलाद कार्की भने तस्करसँ मिलेर चाँदी कटाइमा लागेका छन् ।
रिपोर्ट नेपाललाई ढिलो गरी प्राप्त समाचार अनुसार एसपी बस्नेतले वीरगंजमा यतिखेर धामी पनि आफै बोक्सी पनि आफैको चरित्र देखाएका छन् । प्राप्त समाचार अनुसार केही समय अघि हुण्डी कारोबारी विकास गुप्ता, मुकेश गुप्ता र राजेश गुप्तालाई ६० लाख सहित पक्राउ गरीए पनि मुद्दामा ४० लाख देखाइएको थियो ।
राजु दारुका सन्तोष जैन, राजा जैन पण्डीत भन्ने दिपेन्द्र उपाध्याय, उमेश साह लगायतको टोलीसँग पनि एसपी बस्नेतले पटक पटक रकम लिने गरेको बताइन्छ । हुण्डीको रकम सुरक्षार्थ एसपी बस्नेतका घुमुवा बरिष्ठ सई बिनोद सिं, हवल्दार सुरेन्द्र कार्की, जवान फिरोज मार्फत एसपी बस्नेतलाई मासिक साढे तीन लाख र साढे एक लाख डिआइजी खाँलाई दिदै आए पनि रकम कमी भएर होला नगद सहित पक्राउ गरियो ।
२० लाख रुपैयां गायब बनाएको आरोपमा प्रहरी प्रधान कार्यालयले डिएसपी ओम खनाललाई सुनसरी दंगा र मुद्दा फाँटका इनेष्पेक्टर पुरुषोतम कार्कीलाई दैलेख काज गरेपनि एसपी बस्नेतलाई केही कारबाही भएन र अर्का डिएसपी प्रहलाद कार्की सरुवा भएपनि उनलाई कारबाही हुनुपर्नेमा सुनपानी छर्किएर पर्सामै राखिएको छ ।
वीरगंजको इतिहासमा सूचना संकलनका लागि राखिने सादा पोसाकका घुमुवालाई सूचना होइन रकम संकलन गर्न प्रयोग गरेको पहिलो पटक भएको समाचार स्रोत बताउँछ । एसपी बस्नेतको निर्देशन र घुमुवा बिनोद सिंह लगायतको टोलीको इसारामा केही ट्रान्सपोर्ट संचालकले मानोमानी सामान तस्करी गरिरहेका छन् ।
विशेष गरी पछिल्लो समयमा तराईका लागि मल र काठमाडौं उपत्यकाका लागि चिनी र लत्ता कपडाका सामान तस्करी भइरहेको बुझिएको छ । केही ट्रान्सपोर्ट संचालकलाई पेलेर प्रकाश सिंह, राकेश कर्ण, राकेश गुप्ता, रामशंकर गुप्ता, मदन गुप्ता, बिनोद अग्रवाल र नितिन अग्रवाललाई ग्रिन सिग्नल दिएर सामान तस्करी भइरहेको छ ।
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह निरीक्षणमा २ नम्बर प्रदेशमै यो समाचार तयार पार्दासम्म जनकपुरमा रहेका छन् । वीरगंजको तस्करी र हुण्डीबाट गायब २० लाख बारे के गर्ने हुन त्यो भने हेर्न बाँकी छ ।