पर्सा प्रहरीद्वारा ६ लाखको अवैध सामानहरु बरामद

| 2023 Oct 17 | 07:31 am 1709

वीरगंज, असोज २९। पर्सा प्रहरीद्वारा विभिन्न किसिमको अवैध सामानहरु पक्राउ गरेको छ। प्रहरीले भन्सार छलि गरि चोरी पैठारी गरि ल्याएको विभिन्न किसिमको अवैध सामानहरु नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा वीरगंज महानगरपालिका वडा नम्बर १५ गिरिजा चौक स्थित खटिएको प्रहरी टोलीले भन्सार छलि गरि ल्याएको सार्वजनिक अटोमा लोड रहेको विभिन्न किसिमको सामानहरु पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।

प्रहरीले अवैध रुपले भित्राएको काजु, मैदा, चिनी, ललिपप चक्लेट, तिलौरी पापड, केराऊ, स्न्याकर  ,सुर्ती, सर्ट थान कपडा, पर्दा रेडिमेट, कुसन कभर, कुर्ता सुरवाल लगाएतका समानहरु करिब ५ लाख ८९ हजार ५ सय ९रुपैयाको बरामद गरि वीरगंज भन्सार राजस्व कार्यालयमा बुझाएको प्रहरी उपरीक्षक शाहले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.