पर्सामा सशस्त्र प्रहरीको घुमुवा आतंक: परियार र पटेललाई असुली गर्न भ्याई नभ्याई

| 2023 Oct 05 | 01:45 pm 3881

वीरगंज, असोज  १८ । नजिकिदैं आएको चाडपर्बको बेलामा पर्सा जिल्लाको बिभिन्न नाकाबाट ब्यापक रुपमा तस्करी शुरु भएको समाचार प्राप्त भएको छ । पर्सा जिल्लाको विभिन्न नाकाहरुबाट तस्करहरुले दैनिक करोडौं रुपैया भन्दा बढिको अवैध सामानहरु भन्सार छलेर नेपाल भित्रयाउने गरेका छन् ।

पर्साको जिल्लाको नेपाल भारतको सिमामा पर्ने वीरगंज भन्सारको पछाडि, छपकैया, श्रिसिया, अमरपर्टी, प्रसौनी, पाकाहाँ, सबैठवा, भिस्वा, र्मिजापुर, टिहुकी,पाण्डेपुर, जयमङ्गलापुर, महादेवपर्टी, जानकिटोला, भिखमपुर र स्वर्णपुरनाकाबाट व्यापक रुपमा तस्करीलाईन खुलेको छ।

पर्साको वीरगंज भन्सारको पछाडिको बाटो प्रयोग गरि लत्ताकपडा, काजु, जुता चप्पलको तस्करी ४ जनाको समूहले पाएको छ भन्ने वीरगंजको छपकैया र श्रिसियाबाट काजु, पटका र लत्ताकपडाको लाईन ठुलो मात्रामा सशस्त्र प्रहरीको घुमुवाहरु मार्फत सुचारु भएको नाम नछाप्ने सर्तमा एक प्रहरीले बताएका छन।

त्यसैगरि अमरपर्टीबाट नेपालबाट कबाड भारत पुर्‍याउने र कबाड पुर्याउन प्रयोग गरिएको पिकपमा लत्ताकपडा र काजुको तस्करी हुँदै आएको छ भने प्रसौनी र सबैठवाबाट धान, गहुँ , काजु, भैसी, पटका साथै भिस्वाबाट चाइनिज स्याऊ , लत्ताकपडा, हाडयेवर, हुन्डी कारोबार, कबाडको ठुलो मात्रामा तस्करी भइरहेको छ । त्यस्तै जानकिटोला, महादेवपर्टी र स्वर्णपुरबाट भैसी, काजु , लत्ताकपडा र पटका को लाइन सशस्त्र प्रहरीको घुमुवाहरु मार्फत संचालनमा आएको स्रोतले जनाएको छ।

सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्याले सशस्त्र प्रहरी बल हेडक्वाटरको निर्देशन विपरीत २ जना घुमुवा परिचालन गरि तस्करीको लाईन खुलाएको स्रोतले जनाएको छ।

सशस्त्र प्रहरी बल हेडक्वाटरका प्रमुख एवम् सशस्त्र प्रहरीका आईजिपी राजु आर्यालले कुनैपनि मातहतले कुनै किसिमको घुमुवा परिचालन नगर्ने निर्देशन दिएपनि सशस्त्र प्रहरी उपरीक्षक कर्मचार्यको विश्वासिला पात्रहरू हवल्दार घनश्याम परियार र सहायक राजाराम पेटल घुमुवा परिचालन गरि विभिन्न नाकाहरुबाट व्यापकरुपमा तस्करी गराउदै आएका छन।

सशस्त्र प्रहरीका यी दुवैजनाको दरबन्दी अरु जिल्ला रहेपनि उनी माथिल्लो तह सम्मको पहुचको कारणले १३ नम्बर गणमा काजमा बसि एसपी साहेबको विश्वासपात्र भई तस्करहरुमा डर धाक देखाई रकम असुल्दै आतक मच्चाउदै हिडेका छन।पर्सा जिल्लामा सशस्त्र प्रहरीको मिलोमतोमा दैनिक करोडौं रुपैया भन्दा बढी अबैध सामानहरु भन्सार छलेर तस्करहरुले पर्सा नाकाहरुबाट काम गरेको स्रोतले जनाएको छ।

सशस्त्र प्रहरीको संरक्षणमा जिल्लाका विभिन्न नाकाहरुबाट भित्राएको सामानहरु जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कोमल शाहले तस्करीमा कडाई गरि सामानहरु धमाधम पक्राउ गर्दै आएपनि सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक किसन कार्मचार्यका दुवै घुमुवाको कारण तस्करीमा केही कमि नआएको जनमानसमा व्यापक चर्चा हुने गरेको छ ।

सशस्त्र प्रहरी बल हेडक्वाटरको निर्देशन विपरीत सशस्त्र प्रहरी बल १३ नम्बर गणले घुमुवा परिचालन गरि तस्करहरुसंग रकम असुली गरि तस्करलाई लाईन दिएपनि माथिल्लो निकाय भने  मौन रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.