पर्सामा प्रहरीलाई घुस दिने खोज्ने यादव नियन्त्रणमा

रिपोर्ट नेपाल | 2019 Aug 14 | 03:42 pm 2727

पर्सा, साउन २९: प्रहरीलाई आर्थिक प्रलोभनमा पारी कुखुराको चल्ला व्यापार गरी लखपती बन्ने सपना देखेका उपेन्द्र यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्राप्त समाचार अनुसार इलाका प्रहरी कार्यालय जितपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक सागर शम्शेर राणालाई १० हजार घुस दिएर कुखुराको चल्ला व्यापार गर्ने सपना देखेका वीरगंज महानगरपालिका २२ बस्ने ३५ वर्षीय यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

विगतमा यसै गरी प्रहरीलाई प्रभावमा पारेर स्वार्थ लिनेहरु पछिल्लो समयमा धमाधम पक्राउ पर्न थालेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.