परीक्षाफलमा एउटा विषयको परीक्षाफल नै देखिएन

रिपोर्ट नेपाल | 2019 Jun 28 | 06:47 am 2024

मकवानपुर, असार १३:  मकवानपुरको एसईई परीक्षाफलमा एउटा विषयको परीक्षाफल नै देखिएको छैन् । जिल्ला शिक्षा विकास समन्वय एकाईं प्रमुख लीलानाथ गौतमका अनुसार जिल्लाबाट ३४ विद्यालयका इन्भायरोन्मेन्ट साइन्स विषयबाट परीक्षा दिएका परीक्षार्थिको परीक्षाफल नदेखाइएको बताए ।

जिल्लाको २ सादुदायिक लगायत ३६ विद्यालयबाट इन्भायरोन्मेन्ट साइन्स विषयको परीक्षा दिएका ५ सय ४५ परीक्षार्थीको परीक्षाफल नदेखाइएको जनाइएको छ ।

प्राप्तांक नदेखाइएपछि परीक्षा बोर्डमा सम्पर्क गरिएको र शुक्रबारसम्म के कारण यस्तो भएको भन्ने जानकारी आउने प्रमुख गौतमले बताए । पहिले १ सय प्राप्ताङ्क भएको इन्भायरोन्मेन्ट साइन्सको हाल परीक्षा बोर्डले ७५ कायम गरेको छ । शिक्षकले भने बिना जानकारी प्रयोगात्मक परीक्षाको नतिजा १ सय पूर्णांकलाई आधार मानेर पठाएका कारण त्रुटि भएको हुन सक्ने आशंका गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.