गुल्मी, असोज ८ : जिल्लाको मालिका गाउँपालिका वडा नं ६ अर्जैमा हेफर ईन्टरनेशनल नेपालद्वारा संचालित कार्यक्रम उन्नतजात बाख्रा विकास परियोनामा रहेका २३ वटा समुहहरु सहकारिलाई हस्तान्तरण गरिएको छ ।
करिब तीन बर्ष देखी साबिकको क्षेत्र नं ३ सदरमुकाम देखी बिकट भएको अर्जैमा महिलाहरुको आत्मनिर्भरता र व्यसायिकतालाई मध्यनजर राख्दै अर्जैमा हेफरको आर्थिक सहयोगमा सृजनशील सामुदायिक विकास केन्द्रको समन्वयमा बाख्रा विकास परियोजना संचालनमा गरेका छन्।
अर्जैमा ६ वटा मुल समुह र १७ वटा उपहार समुह गरि कुल २३ वटा समुहमा कुल ५८६ घरधुरीहरु संलग्न रहेका छन्। उक्त समुहमा रहेका व्यक्तिहरुलाई अझ व्यायसायिक र आत्मनिर्भर बनाई सबैलाई संगठित गर्नका लागि स्थानिय मिलिजुली कृषि तथा पशु विकास महिला सहकारी संस्थाको रुपमा परिणत गरिएको छ ।
त्यस्तै हेफर ईन्टरनेशनल नेपालद्वारा संचालित अमरपुरमा रहेका परियोजनाद्वारा संचालित ७ वटा मुल समुह , २३ वटा उपहार समुह गरि ७६८ घरधुरी संलग्न रहेका समुहहरुलाई पनि अमरपुर कृषि तथा पशुविकास महिला सहकारीका रुपमा दर्ता गरि समुहमा रहेका फाईल , जिन्सी सहित सम्पुर्ण जिम्मेवारी सहकारीलाई हस्तान्तरण गरिएको नबप्रभात युवा संघका कार्य समिति सदस्य धातानन्द भुसालले जानकारी दिए ।
परियोजना लागु भएपश्चात त्यस क्षेत्रका महिलाहरुको आर्थिक लगायत सामाजिक , व्यक्तित्वमा समेत आमुल परिवर्तन आएको परियोजनाका बाख्रा बिशेषज्ञ डाक्टर लक्ष्मण घिमिरेले बताए ।
उनका अनुसार पहिले महिलाहरुले घरका साना तिना कामका लागि पनि श्रीमानहरुको मुख ताक्नु पर्दथ्यो अहिले उनीहरुले बीस , पच्चीस हजार सम्म आवश्यक परे लगानी गर्न सक्ने भएका छन् , त्यती मात्रै होईन पहिले घरको चुलो चौकोमा मात्रै सीमित रहेका महिलाहरु अहिले सामाजिक कार्यका लागि र हजारौ मानिसहरुको अगाडी ढुक्कसंग आफना समस्याहरु राख्न सक्ने भएका छन् ।
मिलीजुली कृषि तथा पशुविकास महिला सहकारी संस्थाकी अध्यक्ष रिता भण्डारीले महिलाहरु आत्म निर्भर पनि बनेको छौ , साथै व्यक्तित्व विकास पनि भएकाले सबै महिलाहरु संगठित भई अब यस सहकारीलाई पहिले मालिका गाउँपालिकाकै नमुना बनाउछौ पछि गुल्मी जिल्लाकै अग्रणी सहकारीको रुपमा चिनाउने गरि लागिरहेको उनले दाबी गरिन् ।
परियोजना हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले परियोनाले हालसम्म गरेका कार्यहरुको प्रशंसा गर्दै परियोजनाको मोडलबाट काम गर्दा समाजका महिलाहरुमा परिवर्तन आएकाले यस समय अवधिमा स्थानिय स्तरदेखि केन्द्रसम्मको सरकारले कृषि र पशुपालनको माध्यमबाट देशको आर्थिक विकास र परिवर्तन सम्भब भएकाले व्यवसायिक रुपमा लाग्न आग्रह गर्दै सहयोगमा कुनै कमि हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।